+
+

छोरीको हत्या गरेर प्रहरीमा जाहेरी, एक महिनापछि आमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १८:१८

२४ भदौ, काठमाडौं । छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी छिन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।

२७ साउनको दिउँसो ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी हराएको भन्दै प्रमिलाले प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् ।

खोजतलास गर्ने क्रममा २८ साउनको बिहान साढे ८ बजेतिर उनको घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेो ठोस्ने खोला ती बालिकाको शव भेटिएको थियो ।

पानीको डुबेको रुखको हाँगामा अड्किएको अवस्थामा शव भेटिएको थियो। उक्त शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको थियो । शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा संकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

प्रहरी अनुसन्धानका क्रममा उनकै आमा प्रमिलाले छोरीको हत्या गरेको खुलेको पाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । हिकाउँदा बेहोस भएपछि खोलामा फालेको आमाले स्वीकार समेत गरेको एसपी सुवेदीले बताए ।

पक्राउ परेकी प्रमिलाविरुद्ध ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?