+
+

नागढुंगा मन्दिर नजिक पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते २०:१३

२४ भदौ, काठमाडौं । नागढुंगा मन्दिर नजिक पहिरो गएको छ । नागढुंगा चेकपोस्टबाट करिब ३०० मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो ।

प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले पहिरो गएका कारण अहिले दुईतर्फीबाट बाटो अवरुद्ध भएको बताए । पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् ।

अहिले बाटो खुलाउने काम भइरहेको उनले बताए । यसअघि पनि सोही ठाउँ नजिक पहिरो गएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?