+

इंग्ल्यान्डमाथि श्रीलंकाको शानदार जित

२०८१ भदौ  २४ गते १८:१७ २०८१ भदौ २४ गते १८:१७
इंग्ल्यान्डमाथि श्रीलंकाको शानदार जित

२४ भदौं, काठमाडौं । श्रीलंकाले तेस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ । सोमबार जित्नका लागि आवश्यक २१९ रनको पछ्याएको श्रीलंकाले ४०.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

श्रीलंकाको जितमा ओपनर पाथुम निसंका १२४ बलमा १३ चौका र २ छक्कासहित १२७ रनमा नट आउट रहे । दिमुथ करुणारत्ने ८ र कुशल मेन्डिस ३९ रनमा आउट हुँदा एन्जिलो म्याथ्युज ३२ रनमा नटआउट रहे ।

इंग्ल्यान्ड दोस्रो इनिङमा १५६ रनमा अल आउट भयो । युवा विकेटकिपर जेमी स्मिथले सर्वाधिक ६७ र ड्यान लरेन्सले ३५ रन जोडे । अन्यको प्रदर्शन सम्झनलायक रहेन । पहिलो इनिङमा ६२ रनले पछि परेको श्रीलंकालाई उत्कृष्ट पुनरागमन गराउन लाहिरु कुमाराले ४, विश्व फेर्नान्डोले ३ र असिथा फेर्नान्डोले २ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा श्रीलंका २६३ रनमा अलआउट भएको थियो । श्रीलंकाका कप्तान धनन्जय डि सिल्भा ६९, कामिन्दु मेन्डिस र पाथुम निसांका ६४–६४ रन बनाए । इंग्ल्यान्डका जोश हुल र ओली स्टोनले ३–३ विकेट लिए ।

लन्डनमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड ३२५ रनमा अलआउट भएको थियो । कप्तान ओली पोपले १५६ बलमा १९ चौका र २ छक्कासहित १५४ रनको शतकीय इनिङ खेलेपनि जित्न पर्याप्त रहेन । ओपनर बेन डकेटले ८६ रनको योगदान दिए ।

श्रीलंकाका मिलन रथानायकेले ३, विश्व फेर्नान्डो, लाहिरु कुमारा र धनन्जय डि सिल्भाले २–२ विकेट लिए । तीन टेस्ट खेलको सिरिजमा सुरुवाती दुई खेल इंग्ल्यान्डले ५ विकेट र १९० रनको जित हात पारेको थियो ।

इंगल्याण्ड क्रिकेट श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय