+
+

नेविसंघले थाल्यो ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १८:४८

२४ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान सुरू गरेको छ ।

सबै पालिकामा शिक्षामा छात्रवृत्ति वितरण नभएको, तोकिएभन्दा बढी शुल्क लिएको समस्या प्रतिवेदनमा देखिएपछि उक्त अभियान सुरू गरेको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए ।

उनले भने, ‘सबैको सहज पहुँचमा शिक्षा हुनुपर्छ र विद्यालय शिक्षा सुधार हुनुपर्छ भन्ने हेतुले केही प्रयास गरिरहेका छौं । यो अभियान पनि त्यसै मध्येको एउटा प्रयास हो ।’

उनका अनुसार नेविसंघले ५५औं स्थापना दिवसको अवसरमा गत ६ वैशाखमा स्थानीय तहहरुले कानुन अनुसार छात्रवृत्ति वितरण गरे नगरेको, कानुनले तोके अनुसार शुल्क लिएको वा नलिएको लगायतको विषयमा अध्ययन गर्न प्रतिनिधि खटाएको थियो ।

कानुन अनुसार छात्रवृत्ति वितरण गर्न, कानुन विपरित विद्यार्थीबाट लिइएको शुल्क फिर्ता गराउने, खबरदारी गर्ने गर्नको लागि यो अभियान सुरू गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

गत वैशाखमा तोकिएकै प्रतिनिधिहरुलाई जिम्मेवारी दिइएको र उनीहरुले तोकिएको स्थानीय तह अन्तर्गत रहेका सरकारी, निजी तथा सामुदायिक विद्यालयहरुको अध्ययन गरी असोज २ गतेसम्म प्रतिवेदन बुझाउन पत्राचार गरिसकेको शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?