+
+

चितवनको एलाइभ हस्पिटलमा कुहिनोको जोर्नी प्रत्यारोपण

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १९:०३

२४ भदौ, चितवन । चितवनको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ ।

अस्पतालका अर्थोपेडिक सर्जन डा. प्रमोद लामिछाने र डा. अनिल भट्टराईसहितको चिकित्सकहरुको टोलीले गत भदौ १६ गते कुहिनाको जोर्नी फेरेको हो ।

अस्पतालले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर भरतपुर १० का ५६ वर्षका रामसुन्दर जोशीको कुहिनाको जोर्नी प्रत्यारोपण गरेर निको भई डिस्चार्ज गरिएको जानकारी दिएको छ ।

अस्पतालमा कम्मरको जोर्नी र घुँडाको जोर्नी प्रत्यारोपण हुँदै आए पनि पहिलोपटक भारतीय प्राविधिकसमेतको सहयोगमा कुहिनाको जोर्नी फेरिएको डा.अनिल भट्टराईले जानकारी दिए ।

५/६ वर्षको उमेरदेखि बोन टीबीका कारणले जोशीको हात १० देखि १५ डिग्री मात्रै चल्ने अवस्था थियो । जोर्नी प्रत्यारोपण पछि उनले सहज रुपमा हात चलाउन थालेको डा. भट्टराईले जानकारी दिए ।

कुहिनाको कृतिम जोर्नीलाई मात्रै करीव साढे तीन लाखको हाराहारीमा पर्ने गर्छ । शल्यक्रिया र हस्पिटल शुल्क गरेर पाँच लाख भन्दा बढी रकम खर्च लाग्ने अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका डा. प्रमोद लामिछानेले जानकारी दिए ।

खर्चका हिसाबले केही महँगो भए पनि सरकारले केही सहुलियत दिए कुहिनाको जोर्नी फेर्नुपर्ने बिरामीलाई सहज उपचार गराउन सकिने डा. लामिछानेले बताए । उनले घुँडा र कम्मरको जोर्नी प्रत्यारोपण भन्दा फरक खालको सेटअप कुहिनाको जोर्नीका लागि गर्नुपर्ने बताए ।

जोर्नी प्रत्यारोपण गरेका बिरामी रामसुन्दर जोशीले जीवनमा आफूले हात नचलेर निकै कष्ट भोगेको र आउँदा दिनमा सहज रुपमा हात चलाउने सक्ने विश्वास लिएको बताए । ‘म पहिला आफ्नो लुगासमेत लगाउन सक्ने अवस्थामा थिइनँ, असाध्यै गाह्रो हुन्थ्यो, हात नै चल्दैनथ्यो’ जोशीले भने, ‘अहिले टिसर्ट लगाउन मिल्ने र हात सोझो गराउन मिल्ने हुँदा धेरै खुसी लागेको छ ।’

प्रत्यारोपण गरिएको जोर्नीले करिब २०/२५ वर्षसम्म काम गर्ने डा. भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?