+

एन्फा महिला लिग : चन्द्रपुरको पोष्टमा एपिएफको ६ गोल

२०८१ भदौ  २४ गते १९:१२ २०८१ भदौ २४ गते १९:१२
एन्फा महिला लिग : चन्द्रपुरको पोष्टमा एपिएफको ६ गोल

२४ भदौ, काठमाडौं । विभागीय टोली एपिएफले एन्फा महिला लिगमा सोमबार चन्द्रपुर नगरपािलकामथि ६-० को फराकिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्पणलेक्समा भएको खेफमा एपिएफको जितमा रेनसका नगरकोटीले २ गोल गर्दा सविता राना मगर, रश्मी घिसिङ, प्रीति राई र गीता रानाले समान १ गोल गरे ।

सविताले १८औ मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । रेनुकाले ३२औ र ३५औ मिनेटमा गोल गर्पछि एपिएफले पहिलो हाफमा ३-० को अग्रता लियो ।

दोस्रो हाफमा पनि एपिएफले ३ गोल नै गर्‍यो। एपिएफका लागि रश्मीले ५२, प्रीतिले ८४ र गीताले ८८ औ मिनेटमा गोल गरे। लिगमा एपिएफको यो लगातार दोस्रो जित हो ।

पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको एपिएफले दोस्रो खृफमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले पराजित गरेको थियो ।

दोस्रो जितपछि तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

एन्फा महिला लिग एपिएफ चन्द्रपुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय