+

साफ यू१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

२०८१ भदौ  २४ गते २२:५७ २०८१ भदौ २४ गते २२:५७
साफ यू१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

२४ चैत, काठमाडौं । साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाली यू१७ फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक सनोज श्रेष्ठले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

गोलकिपर पेम्बा नुर्बु भोटो र भक्त बहादुर परियार, डिफेण्डर शरण एकसे, प्रशान्त मोक्तान, निशान राज लावत, भुवन कामी र एकराज विश्वकर्मा, मिडफिल्डर लक्ष्मण थामी र सुबास बम तथा फरवार्डद्वय रोहित श्रेष्ठ र सन्तोष गोङ्वा गत वर्ष भएको यू१७ साफ च्याम्पियनसिपको टोलीमा समेत थिए ।

साफ यू१७ च्याम्पियनसिप यही सेप्टेम्बर २० देखि ३० सम्म भुटानमा हुँदैछ । जहाँ नेपाल समूह बी मा छ । यस समूहमा घरेलु टोली भुटान, श्रीलंका र पाकिस्तान छन् ।

नेपालले पहिलो सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्नेछ । यस्तै नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र सेप्टेम्बर २५ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

भारत, माल्दिभ्स र बंगलादेश समूह ए मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ ।

 

नेपाली टोली

गोलकिपर : पेम्बा नुर्बु भोटे, राम बहादुर बोहरा, भक्तबहादुर परियार

डिफेण्डर : शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजल मान घले, निशान राज लावत, भुवन कामी, एकराज विश्वकर्मा

मिडफिल्डर : कृष्ण बहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ, सविनकुमार लुंगेली

फरवार्ड : रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, सुजन डंगोल

साफ यु-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय