+
+

यसो गर्दा बन्द हुनसक्छ तपाईंको युट्युब च्यानल, यी कुरामा ध्यान दिनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते ८:१४

तीव्र रूपमा बढिरहेको इन्टरनेट र स्मार्टफोनको प्रयोगका कारणले गर्दा मानिसहरूका कैयन् कामहरू सजिलैसँग तथा कम समयमै सम्पन्न हुने गरेका छन् ।

विश्वमा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले समेत आफ्नो दायरा बढाउँदैछ । एआईको आगमनपछि एकातर्फ मानिसहरूलाई फाइदा भएको छ । तर, अर्कोतर्फ कतिपय मानिसहरुले यसलाई गलत रूपमा प्रयोग गर्दैछन् ।

युट्युब जस्ता सोसल मिडिया प्लेटफर्ममा कतिपय मानिसहरुले एआईको मद्दतले गलत भिडियो सामग्रीहरू समेत राख्ने कार्य गर्दछन्, जुन प्रत्युत्पादक हुनसक्छ । त्यसैले यदि तपाईंको पनि युट्युब च्यानल छ भने यस्ता कुरामा ध्यान दिनुपर्छ ।

युट्युब गलत, भ्रामक तथा आपत्तिजनक सामग्रीहरु राख्नाले तपाईंको च्यानल नै बन्द गरिन सक्छ । यसलाई च्यानल टर्मिनेसन भनिन्छ ।

युट्युबका दिशानिर्देशलाई पालना गर्नुहोस्

युट्युबका नियमानुसार यदि युट्युब च्यानलमा कुनै पनि खालका गलत सामग्री, भ्रामक जानकारी, हिंसात्मक जानकारी वा स्प्याम सामग्री राखिएको छ भने च्यानललाई टर्मिनेट गर्न सकिन्छ । यसका साथै प्लेटफर्ममा अरु कसैको सामग्रीलाई तोडमोड गर्ने वा अरुको सामग्रीलाई हुबहु सार्ने वा नक्कल गर्ने गरेमा पनि तपाईंको युट्युब च्यानल टर्मिनेट हुनसक्छ ।

यदि युट्युब सामग्री सर्जकको अनुमतिबिना सामग्रीसँग सम्बन्धित संगीत वा भिडियो चोरी गरिएको छ भने पनि च्यानल टर्मिनेट हुनेछ।

युट्युब च्यानल टर्मिनेट किन हुन्छ ?

युट्युबको प्लाटफर्म ठूलो संख्याका सर्जकहरुका लागि आम्दानीको राम्रो स्रोतको रुपमा रहँदै आएको छ । तथापि कैयन् मानिसहरुले यसको गलत प्रयोग समेत गर्ने गरेका छन् ।

कतिपय क्रिएटर्सले आफ्नो च्यानललाई चर्चित बनाउनको लागि फर्जी सब्सक्राइबर्स लिनुका साथै गलत तरिकाले भ्युज र लाइकमा वृद्धि गर्छन् । यदि तपाईं पनि यस्तो काम गर्नुहुन्छ भने तुरुन्तै यस्तो गर्न रोक्नुहोस् । युट्युब च्यानलमा यस्तो गर्नु प्लेटफर्मको नीतिकोविरुद्ध हुन्छ । यस्तो अवस्थामा युट्युबले सम्बन्धित च्यानललाई टर्मिनेट गरिदिन सक्दछ ।

गलत गरेको चेतावनी आएमा के गर्ने ?

युट्युब प्लाटफर्मबाट निकै राम्रो आम्दानी गर्न सकिन्छ तर भ्युज बढी बटुल्ने तथा छिटै धेरै पैसा तथा चर्चा कमाउने ध्याउन्नमा यसका दायरा तथा नियमहरुको उल्लंघन गर्नुहुँदैन ।

यदि युट्युबले कुनै पनि च्यानलको कुनै सामाग्रीका विषयमा चेतावनीयुक्त सन्देश पठाउँछ भने त्यसलाई गम्भीरतापूर्वक लिनुहोस् । ढिलो नगरीकन युट्युबले दिएको सूचना तथा चेतावनी र गरेको प्रश्नको बारेमा प्रष्ट पारेर जवाफ पठाउनुहोस् अनि भविष्यमा त्यस्तो गल्ती नगर्नुहोस् । नत्र अर्कोपटक युट्युबले तपाईंको च्यानल बन्द गरिदिन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?