+

नेसन्स लिगमा फ्रान्स र इटली विजयी

२०८१ भदौ  २५ गते ८:४१ २०८१ भदौ २५ गते ८:४१
नेसन्स लिगमा फ्रान्स र इटली विजयी

२५ भदौ, काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह दुईको खेलमा फ्रान्स र इटली विजयी भएका छन् ।

फ्रान्सले बेल्जियमलाई २-० ले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

लियोनस्थित घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि कोलो माउनीले २९औं र उसमान डेम्बेलेले ५७औं मिनेटमा गोल गरे ।

समूहमा पहिलो जित हात पारेको फ्रान्सको दुई खेलबाट ३ अंक भएको छ । ३ अंक नै रहेको बेल्जियमलाई पछि पार्दै फ्रान्स दोस्रो स्थानमा उक्लेको छ । पहिलो खेलमा फ्रान्स इटलीसँग पराजित भएको थियो ।

उता इटलीले भने इजरायललाई २-१ ले पराजित गर्दै लगतार दोस्रो जित हात पारेको छ  । बुढापेष्टमा भएको खेलमा इटलीका लागि  डेभिड फ्राटेसीले ३८औं र मोइस किनले ६२औं मिनेटमा गोल गरे ।

इजरायलका लागि अबु फानीले ९०औं मिनेटमा एक गोल फर्काए ।

लगतार दोस्रो जितपछि इटली ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । लगतार दुई हारपछि इजरायल अंकविहफन छ ।

 

इटली फ्रान्स यूईएफए नेसन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय