+
+

एआईयुक्त आइफोन १६ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते ९:४६

२५ भदौ, काठमाडौं । एप्पल कम्पनीले आइफोन-१६ सिरिज सार्वजनिक गरेको छ । ९ सेप्टेम्बरको दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन-१६ सिरिज सार्वजनिक गरेको हो ।

कम्पनीले यस वर्ष ‘इट्स ग्लोटाइम’ नाम दिएर सार्वजनिक समारोह आयोजना गरेको थियो ।

समारोहमा आइफोन-१६ सिरिजसहित एप्पल वाच सिरिज-१०, एप्पल वाच अल्ट्रा-२, एयरपड्स-४, एयरपड्स म्याक्स सार्वजनिक गरिसकेपछि आइफोन-१६ सिरिज सार्वजनिक गरिएको थियो ।

यस सिरिज अन्तर्गत कुल चार मोडेल (आइफोन-१६, आइफोन-१६ प्लस, आइफोन-१६ प्रो र आइफोन-१६ प्रोम्याक्स) सार्वजनिक गरिएको छ ।

आइफोन १६ मा खास के छ ?

आइफोन-१६ का विभिन्न विशेषताहरु छन् । तीमध्येको एक हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ।

एप्पल कम्पनीका प्रमुख टिम कुकले सार्वजनिक समारोहमा एप्पल इन्टेलिजेन्स र यसको उत्कृष्ट क्षमताका साथ नयाँ डिजाइनमा आइफोनलाई ल्याएको बताए ।

उनका अनुसार गत जुन महिनामा सार्वजनिक गरिएको एप्पल इन्टेलिजेन्सभन्दा शक्तिशाली र नयाँ पर्सनलन इन्टेलिजेन्स सिस्टम धेरै तरिकाले अलग छ ।

Premium mobile phone screen mockup template

एप्पल कम्पनीले दिएको जानकारी अनुसार अहिलेको नयाँ एआई सिस्टमबाट टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट मिल्ने छ । यसबाट उत्पादन बढ्ने र सिरी पहिलेको भन्दा अझै प्रभावकारी सावित हुने दाबी गरिएको छ । यद्यपि एप्पल इन्टेलिजेन्स फिचर केही महिनापछि मात्र सुरु हुने छ । पहिले यसलाई केही देशमा मात्र बिटा भर्जनमा मात्र सुरु गरिने छ ।

क्यामरा कन्ट्रोल

आइफोन-१६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको छ । यसको प्रयोगबाट मोबाइल प्रयोगकर्ताले क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्ने गर्न सक्छन् । यस्तै एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट हुने छ ।

कम्पनीको दाबी छ कि यसबाट फोटो खिच्न र भिडियो बनाउन अझै सहज हुने छ ।

केही महिनापछि एप्पल इन्टेलिजेन्स सुरु हुनासाथ क्यामरा कन्ट्रोलमार्फत् भिजुअल इन्टेलिजेन्स पनि प्रयोगकर्ताले पाउने छन् ।

एक्सन बटन

आइफोन-१६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङ्सनमा सजिलैसँग जान सक्छन् ।

उदाहरणका लागि फ्ल्यास लाइट, क्यामरा वा कन्ट्रोल यसैबाट खोल्न सकिन्छ । रिङ्ग वा साइलेन्ट मोडमा पनि जान सकिन्छ । यसका अलावा अन्य नयाँ अप्सनहरु पनि यसमा मिल्ने छ ।

18 चिप

आइफोन–१६ सिरिजमा एप्पल इन्टेलिजेन्सका लागि विशेष गरी A18 चिप प्रयोग गरिएको छ । यसबाट पावर क्षमतासँगै ब्याट्रीको लाइफ पनि बढ्ने कम्पनीको दाबी छ ।

यो विगतका आइफोन सिरिजभन्दा दुई जेनेरेसन अगाडिको चिप हो । आइफोन-१५ मा A16 बायोनिक चिप प्रयोग गरिएको थियो ।

क्यामरा

आइफोन-१६ मा ४८ मेगापिक्सलको डुअल क्यामरा सिस्टम छ । साथै टेलिफोटो लेन्स 2x जुमको क्षमताको छ । आइफोन-१६ प्रोमा भने यो 5x जुम क्षमताको छ ।

ब्याट्री

आइफोन-१६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ । आइफोन-१६ प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ ।

कलर, डिस्प्ले र क्यापासिटी

आइफोन-१६ र आइफोन-१६ प्लस कुल पाँच रङ्ग (कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो रङ्गमा उपलब्ध छन् ।

आइफोन-१६ प्रो र प्रोम्याक्स भने चार रङ्ग (कालो, सेतो, क्रिम कलर र हल्का सुनौलो रङ्ग) मा उपलब्ध छन् ।

आइफोन-१६ को साइज ६.१ इन्चको छ । आइफोन-१६ प्लस ६.७ इन्च र आइफोन-१६ प्लसको साइज ६.७ इन्चको छ । यसैगरी आइफोन-१६ प्रोको साइज ६.३ इन्च र आइफोन-१६ प्रोम्याक्सको साइज ६.९ इन्चको छ ।

आइफोन-१६ र आइफोन-१६ प्लस तीन भेरियन्ट (१२८ जीबी, २५६ जीबी र ५१२ जीबी)मा उपलब्ध छन् ।

आइफोन-१६ प्रोका चार भेरियन्ट (१२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी) छन् ।

आइफोन प्रोम्याक्स तीन भेरियन्ट (२५६ जीबी, ५१२ जीबी र १ टीबी) मा उपलब्ध छन् ।

मूल्य र उपलब्धता

यी फोनका सबै मोडेलहरु १३ सेप्टेम्बरदेखि प्रि-अर्डर गर्न सकिन्छ । अर्डर गरेको एक साताभित्र उपलब्ध गराउने दाबी कम्पनीले गरेको छ ।

यी फोनहरुको मूल्य मोडल र क्षमता अनुसार फरक फरक छन् । आइफोन-१६ सिरिजका मोबाइलहरु १ लाख २७ हजार ९०० रुपैयाँदेखि २ लाख ३२ हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।

Premium mobile phone screen mockup template

सन् २००७ मा सानफ्रान्सिस्कोमा आयोजित म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए ।

पहिलो आइफोनको मूल्य ३९९ अमेरिकी डलर (हालको नेपाली रुपैयाँ साढे ५३ हजार) थियो । त्यतिबेला त्यसलाई हाँसोमा उडाइएको थियो ।

तर अहिले एप्पल कम्पनी विश्वको सबैभन्दा धनी कम्पनीको सूचीमा पर्दछ । र, एप्पलले उत्पादन गर्ने आइफोन लगायतका विद्युतीय सामानको लोकप्रियता बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?