+
+

शक्तिशाली तुफानले भियतनाम अस्तव्यस्त, ६० जनाको मृत्यु, १५ लाख प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १०:०६
तुफानसँगैको वर्षा र बाढीले डुबानमा परेमा भियतनामका बस्ती

२५ भदौ, काठमाडौं । भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।

तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द गरिएको छ ।

तुफानले उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडकहरु अवरुद्ध छन् । घरहरु उजाडिएका छन् । विद्युत आपूर्ति बन्द हुँदा १५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

तुफान शक्तिशाली र विनाशकारी भएकाले यसलाई ‘सुपर टाइफुन’ भनिएको छ । ‘सुपर टाइफुन’ शनिबार भियतनामको भूमिमा बज्रिएको थियो ।

यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ । तुफानको वेग २०३ किलोमिटर प्रतिघण्टाको थियो । यो यस वर्ष एसियामा देखापरेको सबैभन्दा शक्तिशाली तुफान हो ।

तुफानले भत्किएको रेड नदी माथिको पुल

तुफानले भियतनाममा रेड नदी माथिको पुल भत्काएइदिएको छ । अहिले ३७५ मिटर लामो उक्त पुलको अहिले आधा भाग मात्र देखिन्छ ।

एक भिडियोमा पुलमा गुडिरहेका लरी, कार र स्कुटरहरु नदीमा खसेको देखिन्छ । त्यहाँबाट ती जनाको उद्धार गरिएको र १३ जना हराइरहेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जानकारी दिएका छन् ।

तुफानले चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनको हाइनान र गुआङडोङ प्रान्तका बस्ती यागी तुफानबाट बढी प्रभावित भएका छन् ।

दक्षिणी चीनका सहरहरु यागी तुफानबाट विहीबारदेखि नै प्रभावित भएका थिए । विद्यालय र हवाई उडानहरु बन्द गरिएको थियो । चीनमा तुफानको असर कम भएपछि अहिले पुनर्स्थापनाको काम जारी छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार यागी दक्षिणी चीन सागर पार गरी पश्चिमी चीनको हाइनान हुँदै शुक्रबार दिउँसो गुआङडोङ पुगेको थियो । चीनको गुआङडोङ प्रान्त हुँदै तुफान भियतनाम प्रवेश गरेको थियो ।

तुफानले भियतनाममा केरा खेतीमा भएको क्षति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?