+
+

कच्चा तेलको मूल्यमा उच्च गिरावट

एजेन्सी एजेन्सी
२०८१ भदौ २५ गते १०:३४

२५ भदौ, काठमाडौं । विगत एक महिनामा कच्चा तेलको मूल्य औसत १२ प्रतिशत घटेको छ । यहीं कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको  मूल्य  ‘बियरिस’ ट्रेन्डमा देखिएको अनुमान गर्न थालिएको छ । मागमा देखिएको गिरावटले तेलको भाउमा असर परेको ब्लुमबर्गको एक रिपोर्टले जनाएको छ ।

मागमा आएको कमीका बाबजुत पनि तेल उत्पादक देशको संगठन ओपेक प्लसले अक्टोबरदेखि उत्पादन कटौती गर्ने निर्णयलाई लम्ब्याएर डिसेम्बरमा मात्रै लागू गर्ने भएको छ । जसले गर्दा पनि तेलको मूल्यमा असर पारेको हो ।

एक महिनामा डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ८० अमेरिकी डलरबाट ६८ मा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ ८२ डलरबाट ७१ मा झरेको छ । मुर्बान आयल ८०.५ डलरबाट ७२ डलरमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटले नेपालमा पनि असर पार्दछ । कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्न जान्छ । परिवर्तन भएको मूल्यअनुसार नेपाल आयल निगमले १५–१५ दिनमा नयाँ मूल्य तय गर्दै आएको छ । भारतीय आयल कर्पोरेसनबाट तेलको मूल्य घटेर आएमा सेप्टेम्बर मध्यतिर नेपाल आयल निगमले यहाँ पेट्रोलियम पदार्थको मूल्य केही घटाउन सक्नेछ ।

 

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?