+

जगत टमाटा क्यानडा र अमेरिका भ्रमणका लागि कन्सल्टेन्स कोच

२०८१ भदौ  २५ गते ११:०५ २०८१ भदौ २५ गते ११:०५
जगत टमाटा क्यानडा र अमेरिका भ्रमणका लागि कन्सल्टेन्स कोच

२५ भदौ, काठमाडौं । क्यानडा र अमेरिकामा हुने लिग-२ को सिरिजका लागि जगत टमाटा कन्सल्टेन्ट कोच नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) नेपालले टमाटालाई कन्सल्टेन्ट कोच नियक्त गरेको हो ।

मंगलबार भएको बिदाइ कार्यक्रममा क्रिकेट संघका सचिव पारस खड्काले यो टूरका लागि टमाटालाई नियुक्ति गरिएको जानकारी दिए । उनले भने, ‘दीर्घकालीन रुपमा सहायक प्रशिक्षकबारे छलफल गरिरहेका छौं । यो टूरका लागि कन्सलट्यान्ट कोचका रुपमा जगत गुरुलाई नियुक्त गरिएको छ ।’

लिग २ अन्तर्गत क्यानडा भ्रमणमा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ ।

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।

क्यानडा भ्रमणका लागि क्यानले १६ सदस्सयीय टोली घोषणा गरिसकेको छ ।

 

जगत टमाटा नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय