+
+

भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा सरकार ढालियो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १२:१९

२५ भदौ, सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध केही काम गर्न थालेपछि आफू नेतृत्वको सरकार ढालिएको बताएका छन् ।

प्रदेश स्तरीय बैठकका क्रममा सिराहा पुगेका प्रचण्डले कार्यकर्ता भेटघाटका क्रममा भ्रष्टाचारी र भूमाफियाले आफू नेतृत्वको सरकार ढालेका बताए । ‘तपाईँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’, प्रचण्डले भने ।

ती माफियाहरुले नेपाली कांग्रेस र नेकपा एमालेलाई आफ्नो ठानेर सरकार निर्माण गरेको प्रचण्डले बताए । ‘माओवादी केन्द्रका नेताहरुले बिस्तारै हामीलाई त खत्तमै पार्ने भनेर भ्रष्टाचारी जति डराए’, उनले भने ।

अध्यक्ष प्रचण्डले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?