+
+

पोखरामा रवि लामिछाने आउने कार्यक्रमस्थलबाहिर सहकारी पीडितको नाराबाजी

अमृत सुवेदी अमृत सुवेदी
२०८१ भदौ २५ गते १२:४०

२५ भदौ, पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका छन् ।

रास्वपा सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदैछन् ।

पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम राखिएको छ । सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका छन् ।

सहकारी पीडितको प्रदर्शनका कारण रवि लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलमा पुर्‍याइएको छ । कार्यक्रमस्थलबाहिर सहकारी पीडितले कालाे झण्डा देखाउँदै नारा लगाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले गाेर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।

प्रदर्शनकारीले सहकारी पीडितलाई दबाउन प्रहरी परिचलन गरिएकाे भन्दै नाराबाजी गरेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?