+
+

भदौ ३० देखि राष्ट्रिय नाटक महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १२:३९

काठमाडौं । प्रसिद्ध अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सव २०८१ आयोजना गर्ने भएको छ ।

पुरानो बानेश्वरस्थित रिमाल निवासमा आयोजित पत्रकार सम्मेलनमा स्वर्गीय रिमालको शतवार्षिकीको अवसर पारेर प्रतियोगितात्मक ‘राष्ट्रिय नाटक महोत्सव-२०८१’ आयोजना गर्न लागिएको जानकारी दिइयो ।

प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता, रंगकर्मी सम्राट सापकोटाका अनुसार जमलस्थित नाचघरमा भदौ ३० गतेदेखि असोज २ गतेसम्म महोत्सव आयोजना हुनेछ । जुरीले ६ वटा नाटक मञ्चनका लागि छनोट गरेको जनाइएको छ ।

उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिने भएको छ । पहिलो पुरस्कार एक लाख, दोस्रो ५० हजार र तेस्रो २५ हजार रुपैयाँ सहित सम्मान र ट्रफी हुनेछ । उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक नाटकको अवधि एक घण्टाको हुने जनाइएको छ ।

कलाकर्मी र सञ्चारकर्मीलाई प्रतिष्ठानले प्रदान गर्दै आइरहेको सम्मान पनि सोही कार्यक्रममा प्रदान गरिने भएको छ । यसपटक २०७९ र २०८० साल गरी दुई वर्षको सम्मान एकैपटक प्रदान गरिने छ । कुल आठ जनालाई प्रदान गरिने सम्मानको राशि ३१ हजार र २१ हजार रुपैयाँ हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?