+
+

अछाममा नेता रावलले भने– कारबाही गरेर देखाउनुहोस्, त्यसपछि सोचौंला

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १२:३९

२४ भदौ, धनगढी । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् । मंगलबार अछाम साँफेबगरमा पत्रकारसँग कुरा गर्दै उाले फरक मत राखेकै कारण कारबाही गरेर देखाउन चुनौती दिएका हुन् ।

‘पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ । विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण कारबाही गरिन्छ भने गरेर देखाउन ठाडो चुनौतीदिन्छु,’ रावलले भने, ‘पार्टीले यो चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि नै चालौँला ।’

देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक उभिएको बताउँदै रावलले केही मानिसले बिझाउने काम गरेकोसमेत आरोप लगाए । ‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका बारेमा म जानकार नै छु,’ रावलले भने, ‘म सबै कुरा थाहा पाएर आफ्नो अडानमा अविचलित छु ।’

रावलले पार्टीको विचार बोकेर दृढताका साथ अघि बढ्न पनि पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिए । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भनेर चलाइएको हल्लामा कुनै सत्यता नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?