+
+

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १२:५१

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।

एनआईएमबी र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकका साथै ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ ।

सम्झौता अनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो सम्झौताबाट एनआईएमबीका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?