+
+

दयाहाङसँग नवाजुद्दीनले घुमे लाङटाङ, अनुरागलाई छायांकनसम्बन्धी पुस्तक उपहार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १२:५८

काठमाडौं । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी यतिबेला नेपाल घुमघाममा छन् । फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आइपुगेका उनी मंगलबार अपरान्ह मुम्बई फर्किने कार्यक्रम छ ।

सोमबार दिनभर उनको व्यस्त तालिका रह्यो । उनी अभिनेता दयाहाङ राईसहित पर्यटकीय थलो लाङटाङ उपत्यकामा पुगे । त्यहाँको भूगोल र प्राकृतिक सौन्दर्यमा रमाएका उनले हेलिकप्टरबाट त्यहाँको हिमाली थलो रसास्वादन गरे ।

गोसाइकुण्ड जाने योजना रहेपनि खराब मौसमका कारण त्यता जान नसकिएको ‘शाम्बाला’ फिल्मका मिन्सो लिम्बूले बताए । त्यसपछि उनी दयाहाङ र केही सहयोगीसहित लाङटाङकै घुमघाममा व्यस्त रहे ।

लाङटाङबाट फर्केलगत्तै अभिनेता सिद्दिकी मण्डला थिएटरमा अभिनयका विद्यार्थी र कलाकारसँगको अन्तरक्रियामा सहभागी भए ।

कश्यपलाई नेपाल छायांकनबारेको पुस्तक

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र बलिउड निर्देशक अनुराग कश्यपबीच सोमबार छलफल भएको छ । उक्त अवसरमा अध्यक्ष डिसीले कश्यपलाई ‘फिल्मिङ इन नेपाल’ नामक छायांकन थलो समेटिएको पुस्तक उपहार दिए ।

निर्देशक कश्यपले नेपाल संस्कृति र प्राकृतिक सौन्दर्यमा धनी रहेको भन्दै आफू पनि निकट भविष्यमा नेपालमा फिल्म छायांकनका लागि उत्साही रहेको बताए । पछिल्लो समय नेपाली फिल्मले विकास गरिरहेको धारणा कश्यपले अध्यक्ष डिसीलाई सुनाएका थिए ।

कश्यप सोमबार बेलुका दिल्ली फर्किएका छन् । उनी सपरिवार नेपाल घुम्न आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?