+
+

जैविक रुपमा आमा बन्न सक्दिनँ, सरोगेसी वा एडप्टबारे सोचेकी छु : सेलेना गोमेज

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १३:५२
सोमबार राति क्यानडाको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आफू अभिनित फिल्म ‘इमिलिया पेरेज’को वर्ल्ड प्रिमियरमा सेलेना गोमेज

काठमाडौं । अमेरिकी पपस्टार तथा अभिनेत्री सेलेना गोमेज आफ्नो जीवन र परिवारलाई लिएर हरेक अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा खुलेर बोल्छिन् ।

हालैको एक अन्तर्वार्तामा सेलेनाले आफू जैविक रुपमा आमा बन्न नसक्ने बताएकी छन् । मंगलबार प्रकाशित भ्यानिटी फेयर म्यागजिनको कभरस्टोरी अन्तर्वार्तामा उनले आफूले केही वर्षमा परिवारको तयारी थाल्ने विषयमा बताएकी छन् ।

पेशागत जीवनमा धेरै उपलब्धि हासिल गरेकी ३२ वर्षीया गायिकाले स्वास्थ्य समस्याका कारण आफूले सन्तान जन्माउन नसक्ने जनाएकी छन् । वर्षौंसम्म लुपससँग संघर्ष गरेकी सेलेनाले सन् २०१७ मा मिर्गौला प्रत्यारोपण गराएकी थिइन् । जसकारण उनको शरीरमा धेरै परिवर्तन आएको छ ।

सेलेनाले भनिन्, ‘मसँग धेरै मेडिकल समस्या छन्, जसले मेरो जीवन र बच्चालाई खतरामा पार्छ । त्यसैले जैविक रुपमा म आमा बन्न सक्दिनँ ।’

सेलेनाले यसको विकल्प सरोगेसी वा एडप्ट हुनसक्ने बताएकी छन् । ‘मलाई लाग्यो यो सबैका लागि हुने तरिका हो । तर म अरु भन्दा सजिलो स्थितिमा छु,’ उनले भनिन्, ‘त्यहाँ केही यस्ता अद्भूत व्यक्ति छन् जो सरोगेसी वा एडप्टेसन गर्न इच्छुक छन् । जुन मेरा लागि ठूलो सम्भावना हुन् । यसले मलाई निकै आभारी तुल्याएको छ ।’

सेलेना अहिले बेनी ब्लान्कोसँग डेट गरिरहेकी छिन् । कामको कुरा गर्दा उनी ‘ओन्ली मर्डर्स इन द बिल्डिङ’मा फिचर्ड छिन् जसको अर्को सिजन आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?