+
+

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १४:०६

२५ भदौ, काठमाडौं। नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकका शून्य समयमा बोल्दै उनीहरूले नैतिक प्रश्न उठेको व्यक्ति संवैधानिक पदमा रहन नहुने बताएका हुन् ।

एमालेका सांसद सूर्यप्रसाद ढकालले उपसभामुखको विषयमा उठेको प्रश्न गम्भीर रहेको बताए ।

‘सदनभित्र र बाहिर उपसभामुखको कुरा उठिरहेको छ । नैतिकताको कुरा उठेको छ । पदीय मर्यादाको कुरा उठेको छ । मानव तस्करीसाग सम्बन्धित कुरा उठेको छ । उपसभामुख जस्तो व्यक्तिको बारेमा प्रश्न उठ्दा उपसभामुखले मार्ग प्रशस्त गर्न अथवा राजीनामा गर्नका निम्ति म जोडदार माग गर्दछु’ उनले भने ।

एमालेका सांसद शोभा ज्ञवाली, सरस्वती सुब्बाले पनि उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?