+
+

उपसभामुख हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १४:२९

२५ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध रहेको बताए ।

‘माननीय इन्दिरा रानालाई हटाउने कुरा आजका मिडियामा आएको छ । यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तिव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ’ उनले भने । यो विषयमा स्पष्ट गर्न सत्तारुढ दलहरूलाई उनको आग्रह छ ।

प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले उपसभामुख रानाको राजीनामा मागेका छन् । राजीनामा नदिए पद अनुकुलको आचरण नगरेको भनेर हटाउन बाध्य हुने एमाले सांसदहरूको चेतावनी छ ।

एमालेका सांसद हेमराज राइले पदबाट हटाउन बाध्य पार्न नहुने बताएका हुन् ।

‘उपसभामुख यो संसदको गरिमामय व्यक्तित्व हो । उहाँबाट यस सन्दर्भ (लागेको आरोप)मा प्रष्टीकरण नआउनु दुख लाग्दो छ । यसकारण उपसभामुखको बारेमा आएको कुरा हो भने सत्य तथ्य संसदलाई जानकारी गराउनुपर्छ । महाअभियोग जस्तो कुरामा सदन अगाडि बढ्ने कुरामा बाध्यकारी स्थिति सिर्जना नगरियोस्’ एमाले सांसद राइले भने ।

एमालेका सांसदहरु सूर्य प्रसाद ढकाल, शोभा ज्ञवाली, सरस्वती र सुब्बाले पनि उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

सत्तारुढ दलले उपसभामुखको राजीनामा नै मागेपछि विपक्षी दलहरूले विरोध गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पनि विरोध गरेका छन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य नहुने बताए ।

रास्वपाका सांसदहरू सुमना श्रेष्ठ र सोबिता गौतमले उपसभामुखलाई हतोत्साहित नबनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?