+
+

त्रिभुवन विमानस्थलबाट सुनसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १४:३८

२५ भदौ, काठमाडौं । प्रहरीले अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा प्यूठानको सरुमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् ।

उनीहरुलाई विमानस्थलको आगमन कक्षको पार्किङ एरियाबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका व्यक्ति हुन् । उनले ५४ ग्राम सुन ल्याएको प्रहरीले जनाएको छ ।

उनीबाट सुनको एक ढिका सुन, एउटा बेरुवा औंठी र एउटा मोवाइल बरामद गरेको छ ।

त्यसैगरी देवराजलाई भने बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुलाई सुन ल्याउन लगाएको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २५ ग्राम सुन बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनालाई प्रहरीले अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?