+
+

मलेसियामा सडक दुर्घटनामा परी नेपाली श्रमिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १५:१०

२५ भदौ, काठमाडौं। मलेसियामा सडक दुर्घटनमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५ खलडाँडाका ४२ वर्षिया काशिराम महर रहेका छन् ।

रोजगारीको खोजीमा मलेसिया पुगेका महरको मंगलबार विहान कार्यस्थल जानेक्रममा गाडीले ठक्करबाट मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमको लागि शव अस्पताल पुर्याएको छ । मृतक महरको शव नेपाल ल्याउनको पहल भइरहेको वडाध्यक्ष रणबहादुर पुनले जानकारी दिए ।

उनी ढेढ वर्ष अघि वैदेशिक रोजगारीमा पुगेका थिए । महरको घरमा श्रीमती र ३ छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?