+
+

सेयर बजारमा कारोबार घटेको घट्यै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १५:१२

२५ भदौ, काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकम पनि सुक्दै गएको छ । अघिल्लो दिन सोमबार ९ अर्ब ४३ करोडको कारोबार भएकोमा आज मंगलबार ७ अर्ब २४ करोडमै खुम्चियो ।

आइतबार १० अर्ब १२ करोडको कारोबार भएको थियो । साउन अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको कारोबार भएकोमा त्यसयता घट्दै गएको छ । कारोबार रकमसँगै परिसूचक पनि ओर्लिइरहेको छ ।
मंगलबार १३.०९ अंकले नेप्से परिसूचक घटेको छ । यो गिरावटपछि नेप्से २६३२ अंकमा कायम भएको छ । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ८ को स्थिर रह्यो ।

यस दिन होटल तथा पर्यटन क्षेत्रको सूचक स्थिर रह्यो भने व्यापार समूह ०.७९ प्रतिशत बढ्यो । अरु सबै घटे । बैंकिङ ०.११, विकास बैंक ०.६९, फाइनान्स ०.९९, हाइड्रोपावर ०.७१, लगानी ०.५३, जीवन बीमा ०.७६, उत्पादन ०.६८, माइक्रोफाइनान्स ०.९१, निर्जीवन बीमा ०.४०, अन्य ०.४४ प्रतिशत घटे ।

मानुषी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोको ९.९, अपर स्याङ्गे हाइड्रोपावरको ७.५४, आत्मनिर्भर लघुवित्तको ५.८ प्रतिशत मूल्य बढ्यो । त्यस्तै स्वरोजगार लघुवित्तको ५.९१, मुक्तिनाथ कृषि कम्पनीको ४.७, महिला लघुवित्तको ४.४ तथा पिपुल्स हाइड्रोपावरको ४.१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा एचआईडीसीएल प्रमोटर, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र अपी पावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?