+
+

कर्णालीमा सार्वजनिक शैक्षिक सुधार गर्न सम्मेलन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १५:३४

२५ भदौ, सुर्खेत। कर्णाली प्रदेश स्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ । प्रदेशको सार्वजनिक शिक्षा सुधारको कार्ययोजना बनाउन भन्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबारदेखि तीन दिने सम्मेलन सुरु भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान अवस्थामा लिएको जिम्मेवारी अनुसार निष्कर्ष निकालेर दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए । उनले अरूलाई देखाएर आफू जिम्मेवारीबाट पन्छिन नपाइने बताए ।

सम्मेलनबाट औँल्याएका प्रदेश सरकारका कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता समेत जनाए । यो अवधिमा राज्यको स्रोत साधन वितरणको थितिका बारेमा विश्लेषण गर्नुपर्ने भन्दै उनले शैक्षिक विषयलाई साझा दायित्व र जिम्मेवारी बनाउनुपर्ने बताए ।

सम्मेलनमा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालय सुधारका गतिविधि तदारुकताका साथ सञ्चालन गरिनुपर्ने बताए । उनले विद्यालयमा हुने राजनीतिक गतिविधिका कारण शिक्षिका अवस्था धुमलिएको प्रस्ट पारे ।

विद्यालयमा स्थानीय पाठ्यक्रमले हाम्रो परम्परा र संस्कृतिजस्ता विषयलाई समेट्न भन्दा पनि आयातित संस्कृतितर्फ उन्मुख गराइरहेको उनको गुनासो छ ।

शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा आयोजित उक्त सम्मेलनमा शिक्षा सँग सरोकार राख्ने विकास साझेदार संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?