+

यो मेरो पूनरागमन होइन, अवसर हो : अर्जुन साउद

२०८१ भदौ  २५ गते १६:०९ २०८१ भदौ २५ गते १६:०९
यो मेरो पूनरागमन होइन, अवसर हो : अर्जुन साउद

२५ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर अर्जुन साउदले राष्ट्रिय टोलीमा पुनरागमन नभएर अवसर भएको बताएका छन् । आईसीसी विश्वकप लिग २ र त्रिकोणात्मक टी२० आई सिरिजलाई क्यानडा र अमेरिका भ्रमण टोलीमा परेपछि अर्जुनले उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले नेपालबाट ३ टी–२० आई र ९ ओडीआई खेल खेलेका थिए । ओडीआईमा सन् २०२२ नोभेम्बरमा युएईविरुद्ध डेब्यूमै अर्धशतक हानेका उनी पछिल्लो पटक हरारेमा सन् २०२३ जुलाईमा आयरल्यान्डविरुद्ध खेलेका थिए ।

त्यसपछि टोलीको प्रशिक्षणमा रहे पनि अन्तिम टोलीमा रहेर खेल्न दुई साता अघि भारत अभ्यासमा राम्रो प्रदर्शन गर्दै ओपनिङमा तीन मध्य दुई खेलमा अर्धशतक प्रहार गरेपछि नेपालको टोलीमा फर्किएका हुन्। उनलाई नेपालले आसिफ शेख र कुशल भुर्तलको ब्याकअप ओपनरको रुपमा टोलीमा राखेको छ ।

अर्जुन आफ्नो कमब्याक नभएर अवसर बताउँछन् । ‘मेरो यो पूनरागमन भन्दा पनि अवसर हो । म सधैं टिमसँगै थिए । खेल्न नपाएपनि बाहिर भएको जस्तो मलाई लागेन । प्रदर्शनको कुनै दबाब छैन । यो जिम्मेवारी हो’, उनले भने ।

नेपालले विकेटकिपरमा आसिफ शेखलाई टोलीमा २०२१ देखि निरन्तर खेलाउँदै आएको छ । अर्कोतर्फ अर्का ओपनर कुशल भुर्तेलले पछिल्लो समय टोलीबाट राम्रो गर्न सकेका छैनन् । यी दुई मध्य एकले खराब प्रदर्शन गर्दा अर्जुनले मौका पाउनेछन् ।

आफ्नो कमजोर प्रदर्शनकै कारण टोलीमा नपरेको अर्जुन बताउँछन् ।

‘यसअघि मैले त्यति राम्रो गरेको थिएन । जस्ले राम्रो गर्नुभएको थियो, उहाँले मौका पाउनु भयो । यो पटक मेरो कमजोरीमा काम गरेर आएको छु । त्यसैले राम्रो गर्छु भन्नेमा मलाई कन्फिडेन्स छ । खेल्दा मैदान र नखेल्दा बाहिरबाट टिमलाई योगदान दिनेछु’, उनले भने ।

नेपालका अनुभवी खेलाडी तथा तीव्र गतिका बलर सोमपाल कामीले अर्जुन राम्रो लयमा भएको बताए ।

‘अर्जुन एकदमै राम्रो लयमा देखिएको छ । उनको ब्येसिकहरु एकदमै बलियो छ । जति क्षमता थियो त्यति प्रदर्शन देखाउन सकेको छैन । मलाई लाग्छ उस्को लागि यो एकदमै उत्कृष्ट क्षण हो । अव नेपाली टोलीमा मानसिकता र क्षमता दुबै परिक्षण हुनेछ’, सोमपालले भने ।

अर्जुन साउद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय