+
+

अरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १६:५६

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर युट्युबमा सार्वजनिक भएको छ । यो सिरिज मार्फत अरुणिमाले दशकपछि अभिनयमा पुनरागमन समेत गर्दैछिन् ।

अभिनेता समेत रहेका विमलेश अधिकारी निर्देशित सिरिजको टिजरले श्रृंखलाको कथावस्तुबारे खुलासा गर्छ । हालै मात्र अमेरिकामा किनेको नयाँ घरमा प्रेमीसँग लिभ इन टुगेदरमा बस्दै आएकी छोरीका बाबुआमा नेपालबाट त्यहाँ पुग्दा आउने रोमाञ्चक उतारचढाव श्रृंखलाको कथावस्तु हो ।

निर्देशक अधिकारीले अमेरिकामा बसोबास गर्दै आएको नेपाली समुदायको वास्तविक कथालाई आफूले सिरिजमा चित्रण गरेको बताएका छन् । श्रृंखलाको शीर्ष भूमिकामा अरुणिमा र विमलेशसँगै राधा लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापाको अभिनय छ ।

श्रृंखलाको सबै छायांकन अमेरिकामा गरिएको हो । पटकथा तथा संवाद विवेक चौलागाईंले लेखेका हुन् । निर्माण सेभेन कलर्स डिजिटलले गरेको छ । सिरिजको पहिलो सिजनको केही भागको छायांकन सकेर टिजर सार्वजनिक गरिएको जनाइएको छ । टिजरमा स्ट्रिमिङ सुरु हुने मिति र प्लाटफर्मको भने जानकारी दिइएको छैन । निर्देशक अधिकारीले छिट्टै स्ट्रिमिङ प्लाटफर्मको टुंगो लगाइने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?