+
+

निसर्ग अस्पतालले मिनाहा गरिदियो भानुको उपचार खर्च

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १७:०५

२५ भदौ, धनगढी । सडक दुर्घटनामा गम्भीर घाइते भएका बझाङका भानु जोशीको उपचारमा लागेको साढे दुई लाख रुपैयाँभन्दा बढी रकम धनगढीको निसर्ग अस्पतालले मिनाहा गरिदिएको छ । आर्थिक अवस्था कमजोर भएका जोशीले उपचार शुल्क तिर्न नसकेपछि अस्पतालले २ लाख ७२ हजार १५० रूपैयाँ मिनाहा गरिदिएको हो ।

समाजिक उत्तरदायित्व अन्तर्गत जोशीको उपचार रकम मिनाहा गरिदिएको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष तीर्थराज पन्तले बताए । अस्पतालमा ४५ दिनसम्म उपचार गराएर जोशी सोमबार घर फर्किएका छन् ।

२१ वर्षीय जोशी उच्च शिक्षा अध्ययनका लागि बझाङबाट धनगढी झरेका थिए । उनी ६ महिनाअघि मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए । पहिलो चरणको शल्यक्रियामा बीमा कम्पनीले उपचार खर्च तिरे पनि दोस्रो चरणको शल्यक्रियामा भने रकम जुटाउन नसक्दा जोशी परिवार समस्यामा परेको थियो ।

भानुका बुवा धने जोशीले अस्पतालले गरेको सहयोगप्रति आभार प्रकट गरे । ‘यति ठूलो रकम हामी घरखेत बेचेर पनि तिर्न सक्ने थिएनौं तर हाम्रो समस्या अस्पतालले बुझिदिएर जम्मै रकम मिनाहा गरिदियो ।’

बिरामी भानुको पारिवारिक अवस्थाबारे बझाङसम्मै बुझ्दा अवस्था नाजुक देखेपछि अस्पताल व्यवस्थापन बोर्डको बैठकले उनको अहिलेसम्मको उपचार शुल्क मिनाहा गर्ने निर्णय गरेको निसर्ग हस्पिटलका अध्यक्ष पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?