+
+

काठमाडौंको तीनकुनेमा लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १७:३९

काठमाडौं । काठमाडौंको तीनकुनेमा लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यु इनर्जी भेहिकलका लागि लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीका लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीले जनाएको छ ।

सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेकजाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेन्टरमा सबै प्राविधिकहरू ईभी सर्टिफाइड दक्षता हासिल गरेका छ्न् ।

सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, पर्याप्त पार्किङ सुविधा र ६ वटा गाडी एकैसाथ सर्भिस गर्न सकिने अत्याधुनिक ‘सर्भिस वे’ हरू जडान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?