+
+

पोखरामा सहकारी पीडितलाई रविले भने : अरुले उचालेका भरमा आन्दोलन नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १७:५५

२५ भदौ, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितलाई अरुले नै उचालेर आन्दोलन गरेको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकमा उनले अपराधमा संलग्न नै नभएको मान्छेविरुद्ध आन्दोलन गरेको बताए ।

‘सहकारी पीडितको लागि लड्नुभएको छ भने मेरो सलाम छ, तर जो मान्छे अपराधमा संलग्न छैन, उसैलाई कसैले उक्साएको भरमा दोषी झैं गरी तपाईंहरुले विरोध गर्नुभएको छ’, उनले भने ।

मंगलबार रास्ववाको कार्यक्रमस्थलबाहिर सूर्यदर्शन सहकारी संस्थाका पीडित वचतकर्ताले प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सम्बोधनका क्रममा लामिछानेले कसैले उचालिदिएको भरमा र गलत कुरा भनिदिएको भरमा आफूविरुद्ध आन्दोलन भएको भन्दै आक्रोश पोखे ।

‘कस्तो सघर्ष समिति हो, अपराध गर्दै हुनुहुन्छ तपाईहरु, लाखौं सहकारी पीडितमाथि अन्याय गर्दै हुनुहुन्छ, गलत मान्छेलाई टार्गेट गरेर’, उनले भने ।

लामिछानेले अगाडि भने, ‘हामीमाथि पूर्वाग्रह राख्नेहरुले, राजनीतिक दाउ सेक्नेहरुले सहकारी भनेको रवि लामिछाने हो भनेर भाष्य सिर्जना गरेर तमाम सहकारी पीडितमाथि अन्याय गरेको छ ।’

गोर्खा मिडिया प्रालिमा हुँदा संस्थामा कसरी रकम आइरहेको छ भन्नेबारे आफूलाई थाहा नभएको उनले दोहोर्‍याए ।

‘दिनदिनै लगानीकर्ताले सहकारीबाट ल्याएर पैसा हाल्यो कि, खल्तीबाट हाल्यो कि, चेक हाल्यो कि तपाईलाई जतिखेर थाहा भयो त्यतिखेर मलाइ पनि थाहा भयो । म एकाउन्टेन्ट होइन, लगानीकर्ता होइन, म सञ्चारकर्मी हो’, उनले भने ।

सहकारीको पैसा जसले लग्यो ऊ नै दोषी हो भन्दै लामिछानेले भने, ‘अरुले गरेको फोहोरको जिम्मा मैले लिनुपर्छ भन्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?