+
+

कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १८:०२

२५ भदौ, काठमाडौं । कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुराको बुढिनन्दा गाउँपालिका–१ का ४८ वर्षीय विष्णुबहादुर कार्की छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार बुढानिलकण्ठ नगरपालिका–५ न्यू कोलोनीबाट पक्राउ गरेको हो ।

उनले एक व्यक्तिलाई आफू पीएचडी डाक्टर भएको परिचय दिँदै हाईप्रोफाइल व्यक्तिहरुसँग सम्बन्ध रहेको बताएका थिए । बिष्णु एन्ड सोनु प्रालि कम्पनी समेत सञ्चालन गरेको उनले बताएका थिए ।

कृषि फार्म सञ्चालन गरेका ती युवालाई तपाईको फार्मको नाममा अमेरिकाबाट १४ करोड ५१ लाख ९८ हजार ५४८ रुपैयाँ कर्जा आउँदैछ २.५ प्रशिशत ब्याजदरमा भनेर कार्कीले विश्वास दिलाएका थिए ।

त्यसवापत १७ लाख ३१ हजार रुपैयाँ कार्कीले लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । पक्राउ परेका कार्कीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?