+

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

२०८१ भदौ  २६ गते १२:५४ २०८१ भदौ २६ गते १२:५४
हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

जोर्नीहरूमा कुरकुरे हड्डी हुन्छ । जसलाई सुरक्षात्मक कवच जस्तै कार्टिलेजको तहले सुरक्षा दिएको हुन्छ । त्यस तहमा कुनै कारणवश खिइँदै गई हड्डी एकअर्कामा ठोक्किएर खिइनुलाई हड्डी खिइनु वा ओस्टियोआर्थराइटिस भनिन्छ ।

यो समस्याबाट विश्वको दुई करोड ५० लाखभन्दा बढी मानिस पीडित छन् । विज्ञहरुका अनुसार विश्वभर ६० वर्षभन्दा बढी उमेरका ९.६ प्रतिशत पुरुष र १८ प्रतिशत सो उमेरका महिलामा छ ।

यसले तुलनात्मक रुपमा महिलामा बढी यो समस्या पाइने देखाउँछ । तर यसको मूल कारण भने पत्ता लागिसकेको छैन । यो समस्या लिएर अस्पताल आउने पीडित एकदमै ढिलो आउँछन् । यसको कारण हो, अस्पताल जानुअघि नै यस रोगबारे फैलिएको अनेकौं गलत भ्रममा विश्वास गर्नु ।

ओस्टियोआर्थराइटिस केही यस्ता भ्रम समाजमा व्यापक छन् ।

भ्रम :ला पड्काउँदा जोर्नी खिइन्छ ।

– हातखुट्टा बलियोसँग थिच्दा वा औंला पड्काउँदा एक किसिमको आवाज आउँछ । यसरी पड्काउँदा हड्डी खिइने, औंलालाई हानि गर्छ भन्ने गलत धारणा हो । यदि नियमित रूपमा गरिन्छ भने यसले टेन्डन र लिगामेन्टमा क्षति भने पुर्‍याउन सक्छ ।

वास्तवमा, हामीले आफ्नो औंलाहरू पड्काउँदा सुन्ने आवाज भनेको जोर्नीहरूमा रहेको तरल पदार्थ फुट्नु हो । हाम्रो जोर्नीहरूका बीचमा साइनोभियल फ्लुइड हुन्छ, जसले जोर्नीहरूलाई सहज रूपमा काम गर्न मद्दत गर्छ ।

जोर्नीहरूमा रहेको यो तरल पदार्थमा स-साना फोका हुन्छ । जुन औंलाहरू पड्काउँदा फुट्छ । यस्तो किसिमको पड्काइले जोर्नी र हाड खिइँदैन ।

भ्रम : ओस्टियोआर्थराइटिस र बाथरोग एउटै रोग हो ।

– यी दुवै जोर्नीमा हुने समस्या हुन् तर यो हुनुको कारण बेग्लाबेग्लै छ । ओस्टियोआर्थराइटिस बुढ्यौली र अन्य चोटपटकका कारण हाड तथा जोर्नी खिइँदै जान्छ ।

जबकि बाथरोग एक अटो इम्युन रोग हो । अर्थात् प्रतिरोध शक्तिले शरीर विरुद्ध नै काम गर्ने गर्छ । जुन बाल्यकालदेखि नै देखिन सक्छ र वंशाणुगत पनि हुनसक्छ ।

ओस्टियोआर्थराइटिसले जोर्नीहरूलाई असर गर्छ भने रुमेटोइड बाथले मुटु र श्वासप्रश्वास प्रणाली सहित शरीरको लगभग सबै प्रणालीलाई असर गर्छ ।

ओस्टियोआर्थराइटिसले घुँडा र पछाडि जस्ता प्रमुख जोर्नीहरूलाई असर गर्छ भने बाथले मुख्यतया हातको साना जोर्नीहरूमा देखिन्छ ।

भ्रम : अग्लो हिलको चप्पल लगाएर हड्डी खिइन्छ हुन्छ ?

– अग्लो हिल भएको जुत्ता कुनै पनि हिसाबले शरीरको पोइस्चरको लागि राम्रो होइन । यसले शरीरको आफ्नै बायोमेकानिक्सलाई हानि पुर्‍याउँछ । खुट्टाको मांसपेशीहरूलाई असर गर्छ तर ओस्टियोआर्थराइटिससँग यसको प्रत्यक्ष सम्बन्ध छैन । कहिलेकाहीं हिल लगाउँदा फरक पर्दैन । तर नियमित रूपमा लगाउने बानी छ भने पक्कै पनि नोक्सानी गर्छ ।

भ्रम : धेरै व्यायाम गर्दा हड्डी खिइँदा हुने लक्षण बढ्छ ।

– व्यायाम गर्दा हड्डीको समस्या बढ्ने नभई घट्छ । व्यायाम र फिजियोथेरापी ओस्टियोआर्थराइटिसका लागि मात्र दीर्घकालीन उपचार हो ।

भ्रम : यो समस्यामा प्रयोग हुने औषधिको काम भनेको दुखामात्र कम गर्नु हो ।

– उपयुक्त औषधिले बढिरहेको समस्यालाई थप बढ्नबाट रोक्न सक्छ । एन्टिइन्फ्लेमेसन, मांसपेशी आराम र दुखाइ राहत प्रदान गर्नुका साथै केही भिस्कोसप्लिमेन्टेसन एजेन्टहरू छन् ।

भ्रम : ओस्टियोआर्थराइटिसको व्यवस्थापनमा खानपानको कुनै भूमिका छैन

– खानपानले लागिसकेको रोग निको हुँदैन । तर यसका लक्षणबाट मुक्ति पाउन सकिन्छ । ओस्टियोआर्थराइटिस भएकाहरुमा भिटामिन ए, सी र ईको नियमित सेवनले जोर्नीको क्षतिलाई कम गर्छ ।

भ्रम : सानै उमेरदेखि शारीरिक रूपमा सक्रिय भएमा ओस्टियोआर्थराइटिसको जोखिम हुँदैन ।

– सक्रिय हुँदा यसबाट पक्कै जोगिन सकिन्छ । तर शतप्रतिशत ग्यारेन्टी भने हुँदैन । वास्तवमा, खेलकुदमा चोटपटक लाग्ने वा कुनै दुर्घटनाले पनि ओस्टियोआर्थराइटिस नहोला भन्न सकिन्न ।

भ्रम : बाबुआमा दुवैमा भए सन्तानलाई पनि हुन्छ ।

– बाबुआमामा भए सन्तानमा पनि हुनसक्छ । तर निश्चित रुपमा हुन्छ नै भन्ने हुँदैन । यसबाट बच्न स्वस्थ जीवनशैली, खानपान र तौल नियन्त्रण गरेर जोखिमबाट आफूलाई बचाउन सकिन्छ ।

भ्रम : क्याल्सियमको कमीले ओस्टियोआर्थराइटिस हुन्छ ।

– ओस्टियोआर्थराइटिससँग यसको कुनै प्रत्यक्ष सम्बन्ध छैन । न त ओस्टियोआर्थराइटिस हड्डी हानि गर्ने कारक हो ।

ओस्टियोआर्थराइटिस डा. मन्दीप थापा हड्डी खिइने
रेजिडेन्ट डा. मन्दीप थापा
लेखक
रेजिडेन्ट डा. मन्दीप थापा

डा. थापा हाल भरतपुरस्थित चितवन मेडिकल कलेजमा कार्यरत छन् । अर्थोपेडिकमा एमएस गरिरहेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २८४४५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?