+

वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालको खेल तालिका सार्वजनिक

२०८१ भदौ  २५ गते १८:४५ २०८१ भदौ २५ गते १८:४५
वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालको खेल तालिका सार्वजनिक

२५ भदौं, काठमाडौं। यूएईमा आगामी नोभेम्बरमा हुने आईसीसी वुमन्स यू-१९ टी २० विश्वकप एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगितामा नेपाल, युएई, थाइल्यान्ड र कुवेतको सहभागीता रहनेछ ।

डबल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेता टोलीले सन् २०२५ को जनवरीमा मलेसियामा हुने वुमन्स यू-१९ टी–२० विश्वकप खेल्न पाउनेछ ।

नेपालले ६ नोभेम्बरमा थाईल्यान्ड, ७ नोभेम्बरमा कुवेत र ९ नोभेम्बरमा युएईसँग खेल्नेछ । त्यस्तै १० नोभेम्बरमा थाईल्यान्ड, १२ नोभेम्बरमा कुवेत र १३ नोभेम्बरमा युएईसँग खेल्नेछ ।

यसअघि सन् २०२२ मा पहिलो पटक भएको छनोटमा तेस्रो स्थानमा रहेर बाहिरिएको थियो । उक्त प्रतियोगितामा नेपाल युएईसँग ८ रनमा अल आउट भएको थियो।

वुमन्स टी-२० विश्वकप एसिया छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय