+
+

मध्यमवर्गीय परिवारको कथामा ‘सानो संसार’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १९:४७

काठमाडौं । असोज ११ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘सानो संसार’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरले मध्यमवर्गीय परिवारको दुःखसुख, सपना र संघर्षको कथालाई पेश गरेको छ ।

ठूलो सपना देख्ने मध्यमवर्गले ती सपना पुरा गर्न खाने हण्डर, ठक्करको कथा यसमा छ । नेपाली फिल्मको पर्दामा मध्यमवर्गीय परिवारको कथा आउन मुस्किल भैरहेको बेला ‘सानो संसार’मार्फत निर्देशक सिद्धार्थ पुडासैनीले दर्शकीय अपेक्षा पुरा गर्न प्रयत्न गरेका छन् ।

अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, सीतादेवी तिमिलसेना, शिशिर शिवाकोटी, सरिता भण्डारी, जीवन गौतमको अभिनय यसमा छ । राजधानी मिडिया र प्रिन्सेस मूभिजको ब्यानरमा अर्जुन कुमारले फिल्म निर्माण गरेका हुन् । माधव वाग्ले कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?