+
+

केदार कार्कीकाे अनशनमा प्रहरी हस्तक्षेप

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १९:५९

२५ भदाै, विराटनगर । १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क माग गर्दै अनशन बसेका केदार कार्कीका समर्थक र प्रहरीबीच झडप भएको छ ।

प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले हटाउन खोजेपछि उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।

कार्कीले मंगलबार दिउँसो ४ बजे अनशन सुरु गर्ने बताएपछि जिल्ला प्रशासन कार्यालय मोरङले एक घण्टा अघि त्यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । तर कार्की निषेधित क्षेत्र भनिएकाे प्रदेशसभा सचिवालय अगाडि गएर अनशन बसे ।

सुरुमा प्रहरीले निषेधित क्षेत्रबाट हट्न आग्रह गरेको थियो । तर कार्की तयार भएनन् । बेलुका प्रहरीले हटाउन सामान्य बल प्रयोग गरेपछि झडप भएको हो । प्रहरीले लाठी चार्जका क्रममा एक जना कार्कीका समर्थकलाई पक्राउ गरेको छ ।

दश वर्ष मुनिका बालवालिकाका लागि विशिष्टीकृत सेवासहितको निःशुल्क उपचार, बजेटमा २५ लाख रूपैयाँ भन्दा कमका योजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई पूर्ण रुपमा सञ्चालनलगायत ९ बुँदे मागसहित आन्दोलनमा अनशनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?