+
+

स्कूलबाट घर फर्किँदै गरेकी बालिकाको खोलाले बगाएर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते २०:३५

२५ भदौ, हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–८ सिम्पानीमा खहरे भेलले बगाएर १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मंगलबार दिउस निरन्तर परेको वर्षाले दाङसिङ खोल्सामा आएको भेलले स्थानीय रञ्जिता गुरुङ र अर्का १७ वर्षीय बालकलाई बगाएको थियो ।

युनाइटेड बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत् गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गुरुङ स्कूलबाट घर फर्किँदै गर्दा भेल तर्ने क्रममा बगाएको थियो । उनको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

भेलले बगाएको अर्का बालकको भने सकुशल उद्दार गरेर मनहरी बजारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?