+

एन्फा महिला लिग: सुदूरको पोष्टमा आर्मीको १४ गोल, दीपा एक्लैले गरिन् ५ गोल

२०८१ भदौ  २५ गते २०:३७ २०८१ भदौ २५ गते २०:३७
एन्फा महिला लिग: सुदूरको पोष्टमा आर्मीको १४ गोल, दीपा एक्लैले गरिन् ५ गोल

२५ भदौ, काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेश विरुद्धको गोलको वर्षा गरेको छ ।

दीपा शाही एक्ले ५ गोल गरेको खेलमा आर्मीले मंगलबार सुदूरपश्चिमलाई १४-१ को फराकिलो अन्तरले पराजित गरेको हो । जारी लिगमा यो सर्वाधिक गोल भएको खेल हो भने ठूलो अन्तरको जित/हार हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि दीपाले पहिलो हाफमै ह्याट्रिक गरिन् । उनले खेलको २०औं, ३०औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै ५३औं र ६१औं मिनेटमा गोल थपिन् ।

यस बाहेक अनिता लम्जेलले दुई गोल गरिन् । उनले ८१औं र खेलको इन्जुरी टाइममा गोल गरिन् ।

विमल चौधरीले छैटौं, हिमाल चौधरीले १५औं, चन्द्र भण्डारीले २५औं, सन्जु कुमाददे ४५औं, विमला विकले ६३औं र सावित्री देवी मगरले ८७औं मिनेटमा गोल गरिन् । सुदूरशकी सान्ती विकले एक आत्मघाती गोल उपहार दिइन् ।

यस्तै आर्मीकी निलम सिंहले सुदूरपश्चिमका लागि आत्मघाती गोल उपहार दिइन् ।

जितपछि आर्मीले तीन खेलबाट ६ अंक जोडेको छ ।

एन्फा महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय