+

अजरबैजानकी केन्सिया पावेल्निकोले चितवन शक्तिबाट खेल्ने

२०८१ भदौ  २५ गते २०:४२ २०८१ भदौ २५ गते २०:४२
अजरबैजानकी केन्सिया पावेल्निकोले चितवन शक्तिबाट खेल्ने

२५ भदौ, काठमाडौं । एभ्रेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)को लागि चितवन शक्तिले आफ्नो पहिलो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

चितवनले अजबैजानकी राष्ट्रिय टिमकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

इडब्ल्युभिएलका लागि चितवनले आफ्नो पहिलो खेलाडीको रुपमा उनको नाम सार्वजनिक गरेको हो ।

असोज १४ देखि असोज १९ गतेसम्म दशरथ रंगशाला कर्भड हलमा हुने पहिलो संस्करणको इडब्ल्युभिएलका लागि मधेशको टिमले विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरिसकेको छ ।

केन्सिया पहिलो पटक नेपाल आएर खेल्न लागेकी हुन् । उनी पहिलो पटक नेपाल आएर खेल्न निकै उत्साहित रहेको उनले बताएकी छिन् ।

त्यस्तै, चितवन शक्ति पनि केन्सियाले नेपाल आएर राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको छ ।

चितवनले आफ्नो मार्की खेलाडीको रुपमा नेपाली राष्ट्रिय महिला टिमकी कप्तान अरुणा शाही रहेकी छिन् ।

इडब्ल्युभिएल चितवन शक्ति
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय