+

विश्वकप छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई हरायो

२०८१ भदौ  २६ गते ७:२१ २०८१ भदौ २६ गते ७:२१
विश्वकप छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई हरायो

२६ भदौ, काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २-१ ले पराजित गरेको छ ।

कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे ।

खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा सुरुमै गोल फर्कायो । निको गोन्जालेजले ४८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर, ६०औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाए । त्यसपछि थप गोल नहुँदा कोलम्बयालाई विजयी हुँदै ३ अंक जोडेको हो ।

जितपछि ८ खेलबाट १६ अंक जोडेर कोलम्बिया दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको अर्जेन्टिनाभन्दा कोलम्बिया २ अंकले पछि छ । कोलम्बियाले ८ खेलमा ४ खेल जित्दा ४ बराबरी खेलेको छ ।

छनोट दोस्रो हार व्यहोरेको अर्जेन्टिनान भने १८ अंकसहित शीर्ष स्थानमै छ ।

दक्षिण अमेरिकी छनोटको अन्य खेलमा इक्वेडरले पेरुलाई १-० ले पराजित गरेको छ । चिली बोलिभियासँग २-१ ले पराजित भएको छ । उरुग्वे र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय