+

इंग्ल्याण्डका लागि सयौं खेलमा केनको २ गोल

२०८१ भदौ  २६ गते ७:४३ २०८१ भदौ २६ गते ७:४३
इंग्ल्याण्डका लागि सयौं खेलमा केनको २ गोल

२६ भदौ, काठमाडौं । ह्यारी केनले इंग्ल्याण्डका लागि आफ्नो एक सयौं खेलमा दुई गोल गरेका छन् ।

केनकै दुई गोलमा इंग्ल्याण्डले यूईएफए नेसन्स लिगअन्तर्गत लिग बी को समूह दुईमा फिनल्याण्डलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान वेम्वलीमा भएको खेलमा केनले दुवै गोल दोस्रो हाफमा गरेका थिए ।

पहिलो हाफमा फिनल्याण्डले इंग्लिस टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो  । तर, दोस्रो हाफमा केन चम्किए ।

५७औं मिनेटमा केनले ट्रेन्ट अलेजान्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । त्यसपछि ७६औं मिनेटमा मादुएकेको पासमा केनले व्यक्तिगत दोस्रो गोल गरे ।

राष्ट्रिय टिमका लागि एकसयौं खेलमा दुई गोल गर्ने केन पहिलो खेलाडी समेत बनेका छन् ।

उनले आफ्नो ६७औं र ६८औं अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

केन इंग्ल्याण्डका लागि एक सयौं खेलमा गोल गर्ने भने तेस्रो खेलाडी बने । यसअघि वायन रुनीले २०१४ मा स्लोभेनिया र बबी चार्लटनले १९७० मा उत्तरी आयरल्याण्डविरुद्ध एक सयौं खेलमा गोल गरेका थिए ।

केनले फिनल्याण्डविरुद्ध दुई गोल गरेपछि आफूले मिलवाल, नर्विच र लेस्टरमा लोनमा हुँदा सय खेल खेल्नेबारे नसोचेको बताए ।

नेसन्स लिगमा दोस्रो जित हात पारेको इंग्लयाण्ड लिग बी को समूह २ मा ६ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल नै जितेको ग्रीस गोल अन्तरका आधारमा अघि रहँदै शीर्ष स्थानमा छ ।

पहिलो खेलमा फिनल्याण्डलाई हराएको ग्रीसले आयरल्याण्डलाई हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

यूईएफए नेसन्स लिग ह्यारी केन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय