+

एसिया ट्रेल मास्टर च्याम्पियनसिपमा नेपालका ९ खेलाडी सहभागी हुने

२०८१ भदौ  २६ गते ७:३७ २०८१ भदौ २६ गते ७:३७
एसिया ट्रेल मास्टर च्याम्पियनसिपमा नेपालका ९ खेलाडी सहभागी हुने

२५ चैत, काठमाडौं । मलेसियाको सबाहमा हुने एसिया ट्रेल मास्टर च्याम्पियनसिप फाइनल चरणमा नेपालबाट ९ खेलाडी सहभागी हुने भएका छन् । त्यसका लागि ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ ।

सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट साविक विजेता रशिला तामाङसहित, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सुनुवार, आङ फुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङ राई र फुर्पा सिंगी तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

रशिला हाल प्रतियोगिताका लागि स्पेनमा रहेकाले त्यतैबाट मलेसिया जानेछिन् ।

सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

नेपाली खेलाडीको प्रशिक्षकमा पूर्ण तामाङ तथा अफिसियलमा सुवास थापा र रिकेश योञ्जन रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र राखेप कार्यकारी समितिका सदस्य एवं नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य सचिव घिसिङले महासंघको कार्यको प्रशंसा गर्दै वार्षिक क्यालेन्डर नै तयार गरी कार्यक्रमलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले खेलाडीको तयारी, खेलाडीको विगतको अन्तर्राष्ट्रिय सहभागिता, उपलब्धी र टाइमिङलागायतका विषयमा खेलाडीसंग चासो व्यक्त गरेका थिए ।

एढभेन्चर रनिङ महासंघका अध्यक्ष कुँवरले खेलाडीलाई बढी भन्दा बढी एक्सपोजर दिन महासंघले प्रयत्न गरिरहेको बताउदै सामूहिक प्रयासले महासंघलाई नेपालकै उत्कृष्ट खेल संघ बनाउन क्रियाशिल रहने प्रतिबद्धता जनाए

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय