+
+

पहिचान पुरस्कार २०८० को उत्कृष्ट सूची सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते ८:५९

२६ भदौ, काठमाडौं । पहिचान पुरस्कार २०८० को लागि उत्कृष्ट आठ पुस्तकको सूची सार्वजनिक भएको छ। ‘पहिचान पुरस्कार कोष’को मंगलबार बसेको बैठकले कोषमा दर्ता भएका पुस्तकमध्येबाट उत्कृष्ट आठ कृतिको छनोट गरेको हो ।

निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’, गीलु रातोसको ‘सिलीदुङ’, विश्व कुइकेलको ‘गोपीचा’, मिथोचको ‘आगोको पिदार’ र राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ उत्कृष्ट आठको सूचीमा परेका छन् । त्यस्तै, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’ र श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ पनि सूचीमा समावेश छन्।

२०८० / २०८१ सालभित्र प्रकाशित भई कोषमा दर्ता भएका पुस्तकमध्येबाट उत्कृष्ट ८ कृति छनोट गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले बताए। गत वर्ष प्रकाश गुरागाईंको किताब ‘जङ्क्सन पिपलबोट’ र प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ले संयुक्त रूपमा पहिचान पुरस्कार प्राप्त गरेका थिए।

पहिचान पुरस्कारको राशी ४ लाख २ हजार २ रुपैयाँ छ । यसभन्दा अगाडि ११ वटा कृतिले पहिचान पुरस्कार प्राप्त गरेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?