+

पाराग्वेसँग ब्राजिल स्तब्ध

२०८१ भदौ  २६ गते ९:१७ २०८१ भदौ २६ गते ९:१७
पाराग्वेसँग ब्राजिल स्तब्ध

२६ भदौ, काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल पाराग्वेसँग स्तब्ध भएको छ ।

पाराग्वेले ब्राजिललाई १-० ले पराजित गरेको हो ।

पाराग्वेका लागि डिएगो गोमेजले निर्णायक गोल गरे । गोमेजले खेलको २०औं मिनेट उत्कृष्ट गोल गर्दै पारग्वेलाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नहुँदा त्यही गोल निर्णायक बन्यो ।

छनोटमा दोस्रो जित निकालेको पारग्वे ८ खेलबाट ९ अंकसहित सातौं स्थानमा उक्लेको छ ।

ब्राजिलक यो चौथो हार हो । ८ खेलबाट १० अंक रहेको ब्रानिल पाँचौ स्थानमै छ ।

अर्जेन्टिना ८ खेलबाट १८ अंकसहित शीर्ष स्थानम छ । समान खेलबाट १६ अंकसहित कोलम्बिया दोस्रो स्थानमा छ ।

पाराग्वे फिफा विश्वकप छनोट ब्राजिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय