+
+

च्यासलमा सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते ९:४६

२६ भदौ, काठमाडौं । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसमा पार्टीले स्मृति सभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो स्मृति सभा गर्न लागेको हो ।

स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने अन्य शीर्ष नेताले पनि सहभागी हुने सचिवालयले जनाएको छ । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।

गत भदौ २६ गते नेम्वाङको हृद्यघातका कारण मृत्यु भएको थियो । राति हृदयाघात भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?