+
+

रास्वपाको सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १०:१८

२६ भदौ, काठमाडौं । राषट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा साढे १० बजेपछि बैठक बस्ने रास्वपाले जनाएको छ ।

उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसका साथै बैठकमा असोज १ र २ गते हुने राष्ट्रिय भेला, सात प्रदेशमा सकिएको प्रदेश भेलाको समीक्षालगायतका विषयमा पनि छलफल हुने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरी असम्बन्धित मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको विषयले विवाद सिर्जना भएको छ ।

प्रतिनिधि सभा बैठकमा यस विषयमा एमाले-कांग्रेसका सांसदहरूले पटक-पटक प्रश्न उठाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?