+
+

गत आर्थिक वर्षमा काठमाडौंको ५१.०१ प्रतिशत खर्च

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १०:४०

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षाका क्रममा महानगरले यो जानकारी दिएको हो ।

महानगरले गत आर्थिक वर्षमा २४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये १२ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको महानगरको भनाइ छ । यो महानगगरले पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दरमध्ये सबैभन्दा उच्च हो ।

समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले महानगरले लिएको गन्तव्य सही भएको बताए । ‘सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च भएको छ । खर्चको यो दरले महानगरपालिकाले लिएको बाटो सही गन्तव्यतिर छ भन्ने हो’, परियारले भने ।

महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो । यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट ९ प्रतिशत, समानीकरण अनुदानबाट ३ प्रतिशत र सशर्त अनुदानबाट ६ प्रतिशत व्यहोर्ने अनुमान गरिएको थियो ।

योजना, अनुगमन तथा मूल्यांकन एकाइले आयोजना गरेको समीक्षा कार्यक्रममा महानगरपालिकाको नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने विभाग स्तरीय २५ वटा कार्यान्वयन एकाइका प्रस्तुति रहेका थिए ।  विभाग, आयोजना, एकाइ, कार्यक्रम, वडासहित महानगरपालिकाका नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने ८५ वटा केन्द्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?