+
+

सुनको मूल्य हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते ११:०४

२६ भदौ, काठमाडौं । सुनको मूल्यले फेरि नयाँ उचाइ लिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ तोकेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो ।

अघिल्लो दिन १ लाख ५२ हजार ४ सय रुपैयाँ थियो । यसअघि सुनको मूल्यमा भदौ २१ गते १ लाख ५३ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । चाँदीको भाउ पनि बुधबार १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँ रहेको चाँदी आज १७८० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?