+
+

हेम पाठकको गीत ‘भ्रष्टाचारको चपेटामा देश’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १२:१७

काठमाडौं । हेम पाठकको शब्द रचनामा ‘भ्रष्टाचारको चपेटामा देश’ गीत सार्वजनिक भएको छ । मंगलबार हेम-सरिता पाठक फाउन्डेसनले समारोह आयोजना गरी गीत सार्वजनिक गरेको हो । हेम पाठक उक्त फाउन्डेसनका प्रमुख संरक्षक समेत हुन् ।

गीतको भिडियोलाई नेपाल सरकारका पूर्वमुख्य सचिव लीला गड्तौला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे ।

बीबी अनुरागीको संगीत रहेको गीतमा कुन्ती मोक्तान र शिशिर योगीको स्वर छ । सुदन केसीले निर्देशन गरेको भिडियोमा भ्रष्टाचार प्रवृत्ति र त्यसले समाजमा पारेको प्रभावलाई प्रस्तुत गरिएको छ । भिडियोमा किरण केसी, विद्या कार्की, रेश्मा श्रेष्ठ, राजु भुजु, मुकुन्द अधिकारी,  आरके मानन्धर र किरण तुलाधरको अभिनय छ ।

कार्यक्रममा गीतकार पाठकले आफू नेपालमा रहँदा तीन दशकअघि सामाजिक विकास समाज, अनामनगरमार्फत भ्रष्टाचार विरुद्धको जुलुस निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाकक्षमा भ्रष्टाचार विरुद्धको कार्यक्रम गरेको स्मरण गरेका थिए । कार्यक्रममा सर्जक, पत्रकार, अभियन्ता लगायत उपस्थिति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?