+
+

कसरी बनेको थियो पहिलो आइफोन ? यस्तो छ आइफोनको इतिहास र विकास

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १३:१९

अमेरिकी कम्पनी एप्पलले सोमबार राति आफ्नो आइफोनको १६औं संस्करण सार्वजनिक गरेको छ । आइफोनको अत्याधुनिक नयाँ सिरिजमा एआई फिचरलगायतका विभिन्न नयाँ सुविधाहरु रहेका छन् ।

आइफोन १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स गरी चारवटा मोडेल रहेका छन् ।

यहाँसम्म आइपुग्दा एप्पलले धेरै प्रकारका मोबाइल, ल्यापटप, स्मार्ट वाच र अन्य ग्याजेटहरू लञ्च गरिसकेको छ, जसले धेरै लोकप्रियता तथा चर्चा कमाउन सफल भएका छन् ।

विश्वभरकै बजारहरूमा आइफोनको माग उच्च छ । विश्व बजारमा इन्टरनेटको बढ्दो माग र खपतसँगै स्मार्टफोनको क्रेज बढिरहेको हो ।

यस आलेखमा आइफोनको उत्पत्ति तथा यसको सफलतासँग सम्बन्धित विभिन्न तथ्यहरुको बारेमा बताइएको छ ।

कसरी बन्यो पहिलो आइफोन ?

आईफ़ोन 4एस और आईफ़ोन 2जी

सन् १९७६ मा स्टीभ जब्स र उनका साथीहरु स्टीभ वोज्नियाक तथा रोनाल्ड वेनले सँगै मिलेर एप्पल कम्पनीको स्थापना गरे।

उक्त कम्पनी १.८ अर्ब अमेरिकी डलरको बजार पुँजीकरणसहित सन् १९८० मा स्टक मार्केटमा डेब्यू गर्‍यो ।

सोही वर्ष नोभेम्बरमा स्टीभ वोज्नियाक र स्टीभ जब्सको ओरिजिनल एप्पल कम्प्युटर अमेरिकामा ४ लाख अमेरिकी डलर लिलामीमा बेचियो ।

आईपोडको गडफादर भनिएका टोनी फेडेलले पहिलो आईफोनको कथा बीबीसीसँग साझा गरेका छन् । आईपोडलाई अझ राम्रो बनाउन सकिन्छ भन्ने उनको अवधारणा थियो ।

पहिलो आइफोनको प्रोटोटाइप आफ्नो साथबाट हराएको घटना पनि उनी सम्झिन्छन् । त्यो निकै महत्वपूर्ण घटना थियो ।

उनका अनुसार जब हवाई यात्राका क्रममा विमानबाट ओर्लिंदै गर्दा फेडेलले आफ्नो गोजीमा हात हाले तब उनी झसँग भए । किनकि गोजीमा राखेको आइफोनको प्रोटोटाइप हराएको थियो।

अब स्टिभ जब्सलाई के जवाफ दिने होला ? भन्ने प्रश्न उनको मनमा उब्जियो । यद्यपि त्यही प्रोटोटाइपवाला आइफोन भविष्यमा यतिधेरै सफल प्रडक्ट बन्नेछ भन्ने कुराको पूर्वानुमान उनले गरेका थिएनन् ।

तर, गोजीबाट खसेको आइफोनको प्रोटोटाइप विमानमा उनी बसेको सिटमा अर्को सिटसँगको चेपमा फेला परेको थियो ।

त्यो समय माइक्रोसफ्टजस्ता कम्पनीहरू पर्सनल कम्प्युटरलाई फोनमा समाहित गर्न प्रयास गरिरहेका थिए । जबकि एप्पलको प्रयास चाहिं आईपोडमा सुधार गरेर त्यसलाई फोनको आकारमा ल्याउने थियो ।

त्यो बेला एप्पलले एउटा म्याकिन्टोस कम्प्युटरमा काम गरिरहेको थियो । उक्त कम्प्युटरको आकार टेबलटेनिसको टेबल जत्रै थियो।

यसलाई टचस्क्रीन आईपोडमा तयार गर्नुपर्छ भनेर स्टिभले टोनीस्ँग भनेका थिए ।

टोनीका अनुसार त्यसका लागि सयौं व्यक्तिहरू आवश्यक थिए । तर अन्ततः उनीहरु सो लक्ष्य पूरा गर्न सफल भयौं ।

एप्पलसँग उत्कृष्ट उत्कृष्ट जनशक्ति थिए तर त्यसबेलासम्म फोन निर्माण गर्ने दक्षता उनीहरूसँग थिएन । त्यसैले टोनीले संसारका उत्कृष्ट विशेषज्ञसँग भेट्न विचार गरे ।

त्यसै क्रममा स्वीडेनको एक रेस्टुरेन्टमा एउटा टिमसँग डिनर खाएर फर्किंदै गर्दा उनका सबै सामानहरु हराए । त्यो कुनै प्रतिद्वन्द्वी कम्पनीको षडयन्त्र भएको उनको ठम्याइ छ ।

साथै त्यसबेला फोनमा किबोर्ड राख्ने वा नराख्ने भन्ने कुरालाई लिएर पनि ठूलो बहस सुरु भएको थियो। यसमा एप्पलको टिमभित्रै भित्र तनाव उत्पन्न भयो।

आइफोनमा टचस्क्रीन होस् भन्ने स्टिभ जब्सको चाहना थियो । तर, टिमका बाँकी सदस्यहरुको सोचाइ भने त्यसको विपरित थियो । अन्ततः एक दिन स्टीभ जब्सले स्पष्ट रूपमा भने-जो टचस्क्रीनको विरोध गर्छन्, उनीहरू टिमबाट अलग हुनुपर्छ।

फोनको डिजाइनको बारेमा पनि मतभेद थियो । यद्यपि टोलीले यसमा स्टिभबाट लुकेरै काम गरिरह्यो ।

सन् २००७ मा सन फ्रान्सिस्कोमा भएको एनुअल म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टीभ जब्सले पहिलो आइफोन लञ्च गर्दा यसको ठूलो खिल्ली उडाइयो ।

तर, अहिले यो कम्पनी संसारको सबैभन्दा धनी कम्पनीहरूको सूचीमो छ र आइफोन प्रयोगकर्ताहरूको संख्या लगातार बढिरहेको छ ।

एप्पलको पहिलो आइफोनमा टचस्क्रीन, वाइडस्क्रीन आइपोड, मोबाइल फोन र इन्टरनेट ब्राउजर जस्ता सुविधाहरू समावेश थिए ।

सीएनएनका अनुसार, लञ्चिङको समय स्टीभ जब्सले भनेका थिए, ‘मैले यस दिनको प्रतिक्षा विगत दुई वर्षदेखि गरिरहेको छु ।’

पहिलो आइफोनको मूल्य ३९९ अमेरिकी डलर राखिएको थियो ।

सो आइफोनमा १६ जीबी मेमोरी, ३.५ इन्चको टचस्क्रीन र २ मेगापिक्सलको क्यामेरा जस्ता सुविधाहरू थिए।

पहिलो आइफोन बनाउने विचार स्टीभ जब्सलाई कहाँबाट आयो ?

आईफ़ोन 14

सन् २०१० मा D8 सम्मेलनमा दिएको एक अन्तर्वार्तामा स्टीभ जब्सले बताएका थिए कि उनी एक ट्याब्लेट बनाउने योजनामा काम गर्दै थिए । उनलाई त्यसबेला फोनको किबोर्डबाट कसरी छुटकारा पाउन सकिएला र कुनै काँचको मल्टिटच डिस्प्लेमा टाइप गर्न सकिएला ? भन्ने सोँच आएको थियो ।

यसका लागि उनले आफ्नो टिमसँग कुरा गरे र भने ‘हामी एक मल्टिटच डिस्प्ले बनाउन सक्छौं, जसले हामीलाई टाइपिङ्गबाट राहत दिन सक्छ।’

स्टीभ जब्सले अन्तर्वार्तामा भनेका थिए, ‘मल्टिटच डिस्प्लेको लागि करिब छ महिनापछि मेरो टिमले मलाई फोन गर्यो र उनीहरुले मलाई एउटा प्रोटोटाइप डिस्प्ले देखाए।’

उनी भन्छन्, ‘मैले सो चिज मेरो एक अब्बल साथीलाई दिएँ र उसले केही हप्तापछि मलाई फोन गर्यो । जब मैले उसलाई रबरब्याण्ड र अन्य केही चीजहरूमा स्क्रोल गर्दै गरेको देखें, तब मलाई थाहा भयो कि हामीले ट्याब्लेटको सट्टा फोन नै बनाउन सक्छौं।’

त्यसपछि आफुले ट्याब्लेट प्रोजेक्टलाई छाडेर फोनतर्फ लागेको उनको भनाइ छ ।

उनले भनेका थिए-फोन धेरै महत्त्वपूर्ण थियो, त्यसैले हामीले अर्को केही वर्ष आइफोनमा केन्द्रित गर्यौं। अब हामी अर्को प्रोजेक्टमा पनि काम गर्न सक्छौं भन्ने लागेपछि मात्रै हामीले पुनः ट्याब्लेट प्रोजेक्टको समेत थाल्यौं ।

अहिलेसम्म कुन कुन मोडेलका आइफोन आए ?

न्यू मैकबुक प्रो

एप्पलले अहिलेसम्म कुल २५ प्रकारका आईफोन मोडेल वा सिरिज ल्याइसकेको छ, जसमा :

– २००७ मा पहिलो आईफोन
– २००८ मा आईफोन ३जी
– २००९ मा आईफोन ३जीएस
– २०१० मा आईफोन ४
– २०११ मा आईफोन ४एस
– २०१२ मा आईफोन ५
– २०१३ मा आईफोन ५एस
– २०१३ मा आईफोन ५सी
– २०१४ मा आईफोन ६ र ६ प्लस
– २०१५ मा आईफोन ६एस र ६एस प्लस
– २०१६ मा आईफोन एसई
– २०१६ मा आईफोन ७ र ७ प्लस
– २०१७ मा आईफोन ८ र ८ प्लस
– २०१७ मा आईफोन एक्स
– २०१८ मा आईफोन एक्स एस र एक्स एस म्याक्स
– २०१८ मा आईफोन एक्स आर
– २०१९ मा आईफोन ११ सिरिज
– २०२० मा आईफोन एसई
– २०२० मा आईफोन १२ मिनी
– २०२० मा आईफोन १२ सिरिज
– २०२१ मा आईफोन १३ सिरिज
– २०२२ मा आईफोन एसई थर्ड जेन
– २०२२ मा आईफोन १४ सिरिज
– २०२३ मा आईफोन १५ सिरिज
– २०२४ मा आईफोन १६ सिरिज

आईफोनका अलावा एप्पलले अरु के के बनाउँछ ?

बैकग्राउंड में आईफ़ोन 11 के साथ एप्पल वॉच 5

एप्पल कम्पनीको स्थापना नै कम्प्युटरको निर्माणका लागि भएको थियो । कम्पनीले आफ्नो पहिलो ल्यापटप सन् १९९१ मा लन्च गरेको थियो । त्यसपछि कम्पनीले आफ्नो पहिलो म्याकबुक २००६ मा लन्च गर्‍यो ।

यसका अलावा, एप्पलले आइप्याड, आइफोन, स्मार्टवाच, एयरपड्स, भिजनका साथै यी उपकरणसँग सम्बन्धित एक्सेसरीज बनाउँछ।

एप्पलले आफ्नो पहिलो आइप्याड सन् २०१० मा, स्मार्टवाच सन् २०१५ मा, एयरपड्स सन् २०१६ मा र विजन २०२४ मा लञ्च गरेको हो ।

किन सुरक्षित मानिन्छ आइफोन ?

अलग-अलग एप्पल प्रोडक्ट्स

स्मार्टफोन लगतमा आईफोनलाई सबैभन्दा सुरक्षित मानिन्छ । यसका धेरै कारणहरू छन् ।

कम्पनीको आधिकारिक वेबसाइटअनुसार आइफोनमा सिक्योरिटी चेक जस्ता सुविधाहरू समावेश गरिएको छ, जसले प्रयोगकर्ताको निजी जानकारी बाहिर शेयर हुनबाट रोक्छ।

यद्यपि, यो सुविधा आइफोनको अपरेटिङ सिस्टम iOS 16 वा त्यसपछिका संस्करणमा चल्ने आइफोनहरूमा मात्र उपलब्ध छ ।

’सिक्योरिटी चेक’अन्तर्गत आइफोनमा केही यस्ता एप्स छन् जसले प्रयोगकर्ताको निजी जानकारी शेयर हुनबाट बचाउँछन् ।

आइफोनमा ‘सिक्योरिटी चेकु सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्तासँग एप्पल आईडी हुनु आवश्यक छ, जुन टू-फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्दछ ।

आइफोन हराएको वा चोरिएको अवस्थाका लागि आईफोनमा एक विशेष सुविधा छ, जसले प्रयोगकर्ताको जानकारी गोप्य राख्छ ।

यसका अतिरिक्त मोबाइलमा ह्याकिङ, भाइरस वा साइबर आक्रमणबाट सुरक्षा गर्नका लागि पनि आइफोनमा सुविधाहरू उपलब्ध छन्, जसले आइफोनलाई थप सुरक्षित बनाउँछन् ।

यसको एउटा ज्वलन्त उदाहरण गत वर्ष सार्वजनिक भएको पेगासस सफ्टवेयरसँग सम्बन्धित घटना हो। त्यसबेला विश्वका धेरै चर्चित व्यक्तिहरुको आईफोनमा सुरक्षा सम्बन्धी एक अलर्ट आएको थियो ।

आइफोनसँग सम्बन्धित विभिन्न रेकर्ड

आईफ़ोन

आइफोनका सम्बन्धमा प्रयोगकर्ताको बीचमा खास क्रेज देख्न पाइन्छ । जसका कारण प्रयोगकर्ताहरूले अत्यधिक मूल्य चुकाएरसमेत आइफोन किन्न तयार हुन्छन् ।

गत वर्ष सन् २०२३ मा एउटा त्यस्तै घटना सार्वजनिक भएको थियो । एकजना व्यक्तिले आइफोनको पहिलो मोडेल खरिद गर्नका लागि १,९०,३७२ अमेरिकी डलर खर्च गरे ।

उक्त आइफोनको विशेषता भनेकै त्यो ४ जीबी मोडलवाला पहिलो आइफोन थियो।

हालै बेलायतका एकजना युट्युबरले विश्वको सबैभन्दा लामो आइफोन रेप्लिका बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । उक्त आईफोनको उचाइ ६.७४ फिट छ।

सबैभन्दा धेरै सोधिने आइफोन सँग सम्बन्धित ५ प्रश्न

– आइफोनका नयाँ मोडेलको मूल्य
– आइफोनका नयाँ फिचरका बारे
– आइफोनको क्यामरा कति राम्रो छ ?
– के आइफोन पूर्ण रुपमा सुरक्षित छ
– आइफोनमा फेस आइडीले कति राम्रोसँग काम गर्छ ?

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?